arrow

तीन दिनदेखि रमाना बेपत्ता : श्रीमान् प्रहरी नियन्त्रणमा, हत्याको आरोप 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
raman-giri.jpg
फोटो क्याप्सन : बेपत्ता भनिएकी रमना गिरी । 

मुगु । खत्याड गाउँपालिका-८ रिगा गाउँकी एक २४ बर्षिया महिला तीन दिन यताबाट बेपत्ता भएकी छिन् । २४ वर्षिया रमाना गिरी कार्तिक २१ गते आफ्नो घरबाटै बेपत्ता भएको उनको परिवारले बताएको हो । बाजुरा जिल्ला वुढिनन्दा नगरपालिका-१ माइती घर भएकी गिरीले पाँच वर्ष अघि मुगुको रिगा गाउँका २८ वर्षीय प्रेमलाल गिरिसँग विवाह गरेकी थिइन ।

 पाँच वर्ष अगाडि प्रेमलालसँग प्रेम विवाह गरेकी रमानका चार वर्षीय छोरा र तीन महिने छोरी छन् । कार्तिक २१ गते राती आफ्नै घर रिगाबाट बेपत्ता भएको घर पक्षले बताएका छन् । यता रमानका माइती पक्षले भने तीन महिनाकी छोरीलाई छोडेर बेपत्ता भएको भन्ने कुरा आफुले नपत्ताएको बताएका छन् । 

बेपत्ता भनिएकी रमानका मामा सिंहराज गिरीले आफ्नी भान्जीलाई २१ गते राती उनको पति र घरपरिवार मिली हत्या गरेको आरोप लगाएका छन् । उनले भने,' अहिले बेपत्ताको नाटक बनाएका छन् । हत्याको घटना लुकाउन पुरै गाउँले घरपरिवारले बेपत्ताको नाटक गरेको छ । '  

रमनाका पति प्रेमलालले मामा ससुरालाई बताए अनुसार २१ गते राती सबै घरपरिवार सँगै खान खाऊ भन्दा रमनाले छोरीलाई सुताएपछि मात्र खाने भनेर घरको माथिल्लो तलामा रहेको कोठामा गएकी थिइन । दुई मिनेट पछि छोरी रोएको आवाज आएपछि कोठामा जाँदा आफुले श्रीमती नदेखेपछि गाँउभरी रात भरी खोज्दा नभेटाएको बताएका थिए । यता भान्जी जुवाइँ प्रेमलालले हत्या गरी बेपत्ताको नाटक बनाएको रमनाका मामाले बताएका छन् । 

कार्तिक २२ गते सुकाढीक प्रहरी चौकीमा बेपत्ता भनिएकी महिलाका माइती पक्षले महिलाको खोजी र घटनाको वास्तविक छानबिन गर्न उजुरी दिएका छन् । तीन दिनसम्म महिलाको अत्तोपत्तो नलागेपछि बेपत्ता नभई हत्या भएको र उनका पतिलाई कारबाही गर्न माइती पक्षका २५ जना सुकाढीक प्रहरी चौकीमा धर्ना दिएका थिए ।

२१ गते रातीबाट बेपत्ता भएको बताए पनि रमनाको ४ वर्षिया छोरा आसपासका छिमेकीले रमनालाई २१ गते भन्दा तीन चार दिन अगाडि देखि गाउँमा नदेखेको माइती पक्षलाई बताएका छन् । रमनाको पतिलेनै तीन चार दिन अगाडि हत्या गरेर २१ गतेबाट बेपत्ता भएको नाटक गरेको आरोप माइतीले लगाएका छन् ।

 घटनाको अनुसन्धान गर्न महिलाका श्रीमान् प्रेमलाल गिरीलाई सुकाढिक प्रहरी चौकीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागी इलाका प्रहरी चौकी राता पानीमा पठाएको छ । बेपत्ता भएको या हत्या भन्ने अनुसन्धान पछि मात्र बाहिर आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ