काठमाडौं । भारत भ्रमणमा जानु तीन दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय एक दैनिकलाई पत्रिकालाई नेपालको आन्तरिक समस्याबारे खुलेर अन्तर्वार्ता दिएका छन्।‘हिन्दुस्तान टाइम्स’को हिन्दी संस्करण पत्रिकाको पृष्ठ १३ मा छापिएको अन्तर्वार्ताको भाषा पुरै भारतलाई खुसी पार्ने खालको छ ।
दाहालसंग हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनीतिक सम्पादक विनोद बन्धुले थुप्रै मुद्दामा १२ वटा प्रश्न सोधेका छन् । त्यति मात्र होइन दाहालको जीवन शैलीको समेत चर्चा गरिएको छ ।
अन्तर्वार्ताको आमुखमै नेपालका प्रधानमन्त्रीले निकै खुलेर जवाफ दिएको र स्वतन्त्र देशी विदेशी मिडिया मध्ये पहिलो पटक उनले यो अन्र्तवार्ता दिएको उल्लेख छ । अन्र्तवार्ताको शीर्षक ‘मोदी और मेरी केमेस्ट्री मिलती है’ राखिएको छ ।
दाहालले नेपालको आन्तरिक मामिलाका थुप्रै कुरा फुस्काएका छन् । आहाले आफ्नो सैद्धान्तिक विचार र हिजोका दिनमा मोलेका जोखिमबारे पनि कुरा खोलेका छन् । आहालले आफ्नो भारत भ्रमणको मुख्य मक्सद दुई देशकाबीचमा नयाँ विश्वास बन्न सकोस भन्ने रहेको बताएका छन् ।
उनले आफु र आफ्नो मुलुकप्रति विश्वास नभए जस्तो ‘विश्वास भन्ने शब्द अधिक प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘मोदी जी र मेरो सोच्ने तरीका तथा केमेस्ट्रीमा कयौं समानता छन् । परिस्थिति र हाम्रो आइडियोलोजीमा करक छ ।’ यद्यपि, त्यो कुरा अलग हो । प्रधानमन्त्री दाहालले भारतले नेपालमा संविधान जारी गर्ने अन्तिम तयारी भइसकेपछि मात्रै संविधान जारी प्रक्रिया रोक्न सुझाव दिएको र आफुहरुले सम्भव नरहेको बताएको कुरा प्रधानमन्त्रीले खोलेका छन् ।
प्रधानमन्त्री दाहालले मधेसवादी दलहरुको मागको सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा संविधान निर्माणको क्रममा आफ्नो पार्टीले ‘नोट अफ डिसेन्ट’ लेखेका कारण मधेसवादी दलहरुका मागको सम्बन्धमा आफू गम्भीर रहेको बताएका छन् ।
संविधान संशोधनका विषयमा दाहालले भनेका छन्, ‘भारत जानु पहिले संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने मेरो इच्छा छ । ता कि भारतमा पनि विश्वासको माहोल बनोस् । तर, मलाई थाहा छैन पेश हुन सक्छ सक्दैन ।’
चीनको सन्दर्भमा कुरा गर्दै दाहालले चीनले कुनै आइडियोलोजी लिएर चलेको जस्तो लाग्दैन –भनेका छन् । चीनका लागि व्यापार र फाइदा र आर्थिक पक्ष महत्वपूर्ण हो ।
यस्तै, पाकिस्तानी खुफिया एजेन्सी नेपालमा प्रवेश गर्न चाहिरहेको सन्दर्भमा प्रधानमन्त्री दाहालले भारतविरुद्ध आफुहरु कुनै गतिविधि हुन नदिने बचन दिएका छन् । जनकपुर, मुक्तिनाथ र पशुपति नाथमा भारतीय प्रधानमन्त्रीको निकै आस्था रहेको बताउँदै दाहालले मोदी यी क्षेत्रको भ्रमणमा आए सम्बन्ध र पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गरेका छन् ।
विद्युत आयोजनाबारे प्रधानमन्त्रीले भनेका छन्, ‘हामी यहाँ विद्युत् उत्पादन गर्छौं । जसका लागि भारत नै बसै भन्दा ठूलो बजार हुनेछ । पावरट्रेडका लागि सम्झौता भइसकेको छ । सो लागु गर्न केही बाधाहरु छन् । ती बाधा हटाउन आवश्यक छ ।