arrow

होली वाइनकाण्डका ढकालले गरे ओली नेतृत्वमै सरकार बन्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
eknath-dhakal.jpg

जनकपुरधाम। होली वाइन काण्डका कारण विवादित एकनाथ ढकालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अगामी सरकार बन्ने दाबी गरेका छन् । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष समेत रहेका ढकालले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा देउवा, ओली र प्रचण्डको नाम चर्चामा रहेको अवस्थामा प्रधानमन्त्रीका लायक तीनै जना मध्ये ओली नै रहेको दावी गरेका हुन्।

पूर्व मन्त्री ढकालले पत्रकार सम्मेलनमा बोल्दै आफ्नो पार्टी एक्लै चुनावमा जाँदा थ्रेस होल्ड कटाउनु पर्ने र कम्तीमा डेढ लाख मत ल्याउँदा मात्र सांसदको निश्चितता हुने भएकाले सूर्य चिन्ह लिएर चुनावमा गएको र अव एक लाख मात्र मत आएपछि एक सिट सांसद हुने पाउने जानकारी गराए। आफू सूर्य छापमा समानुपातिक उम्मेदवार रहेकाले देशै भरिमा मत माग्ने क्रममा मधेस प्रदेशमा आएको आफ्नो पार्टीले देशै भरिमा सूर्य छापमा करिब डेढ लाख मत दिने ढकालको दावी छ ।

काठमाडौंमा २०७५ मङ्सिर १४ देखि १६ सम्म भएको एसिया प्यासिफिक सम्मेलन इसाई धर्म प्रचारका लागि भएको भनेर विवादास्पद भएको थियो। विवादास्पद कोरियाली नागरिक सन प्युङ मनले सन् २००५ मा स्थापना गरेको युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको सो सम्मेलनमा जोडा जोडीलाई होली वाइन बाँडेको घटनाले व्यापक आलोचना पाएको थियो।

स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित उपस्थित गराएर होली वाइन समारोहमा उपस्थित गराएपछि चौतर्फी विरोध भएको थियो। कतिपय जनप्रतिनिधिले निम्ता पाए पनि बहिष्कार गरेका थिए। सो कार्यक्रमको आयोजक मध्ये एक ढकाल पनि थिए ।

सो समय प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई सच्चा माताले आशीर्वाद दिँदै एक लाख डलर राशिको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्ड दिएकी थिइन्। सो समय  होली वाइन पिएको विभिन्न नेताहरुविरुद्ध नाराबाजी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ