वीरगन्ज । नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा दोस्रो पटक रामाकान्त चौरसिया निर्वाचित भएका छन् ।
व्यवसायी संघको निर्वाचनमा आप्mना प्रतिद्वन्दी मोहन यादवलाई ४ मतले पराजित गर्दै चौरसिया दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
संघको १४औं सधारण सभा र १० जिल्ला अधिवेशबाट नयाँ नेतृत्व चयनका लागि शनिबार राति भएको निर्वाचनमा कुल खसेको ३३५ मत मध्ये यादवले एक सय ६१ मत र चौरसियाले एक सय ६५ मत ल्याए । जसमा चौरसिया ४ मतले विजयी भएको निर्वाचन अधिकृत अधिवक्ता पन्नालाल गुप्ताले जानकारी दिए ।
यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा दिवाकर पटेल, उपाध्यक्षमा हिरालाल प्रसाद कुर्मी, सचिवमा सुरेश कुर्मी, सह–सचिवमा शिवपुजन कुर्मी, कोषाध्यक्षमा उमेश बहादुर क्षेत्री र सह–कोषाध्यक्षमा नुरेन्द्र देवान निर्वाचित भएको निर्वाचन अधिकृत गुप्ताले बताए ।
संघको कार्यसमिति सदस्य पदमा क्रम्श ः अयोध्या प्रसाद कुर्मी, राजु पटेल, पारश ठाकुर, रामनारायण सर्राफ, सुर्य कोइराला, धुरेन्द्र प्रसाद कुर्मी, राजकिशोर प्रसाद कुर्मी, फिरोज खाँ लगायत निर्वाचित भएका छन् ।