arrow

निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा चौरसिया दोस्रो पटक निर्वाचित

logo
बिजय चौहान,
प्रकाशित २०७३ भदौ २६ आइतबार
logo-of-fcan.jpeg
वीरगन्ज । नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा दोस्रो पटक रामाकान्त चौरसिया निर्वाचित भएका छन् । 
 
व्यवसायी संघको निर्वाचनमा आप्mना प्रतिद्वन्दी मोहन यादवलाई ४ मतले पराजित गर्दै चौरसिया दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 
 
संघको १४औं सधारण सभा र १० जिल्ला अधिवेशबाट नयाँ नेतृत्व चयनका लागि शनिबार राति भएको निर्वाचनमा कुल खसेको ३३५ मत मध्ये यादवले एक सय ६१ मत र चौरसियाले एक सय ६५ मत ल्याए । जसमा चौरसिया ४ मतले विजयी भएको निर्वाचन अधिकृत अधिवक्ता पन्नालाल गुप्ताले जानकारी दिए । 
 
यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा दिवाकर पटेल, उपाध्यक्षमा हिरालाल प्रसाद कुर्मी, सचिवमा सुरेश कुर्मी,  सह–सचिवमा शिवपुजन कुर्मी, कोषाध्यक्षमा उमेश बहादुर क्षेत्री र सह–कोषाध्यक्षमा नुरेन्द्र देवान निर्वाचित भएको निर्वाचन अधिकृत गुप्ताले बताए । 
 
संघको कार्यसमिति सदस्य पदमा क्रम्श ः अयोध्या प्रसाद कुर्मी, राजु पटेल, पारश ठाकुर, रामनारायण सर्राफ, सुर्य कोइराला, धुरेन्द्र प्रसाद कुर्मी, राजकिशोर प्रसाद कुर्मी, फिरोज खाँ लगायत निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ