एजेन्सी । महाभारतलाई अधुनिक रुपमा प्रस्तुत गरिको छोटो चलचित्र 'मामाज ब्वय' बिरुद्ध हिन्दू सेनाले प्रहरीमा उजुरी दिएको छ । हिंदू सेनाले प्रहरीमा चलचित्र निर्देशक अक्षत वर्मा बिरुद्ध उजुरी दिएको हो ।
निर्देशक अक्षत वर्माले 'देल्ली बल्ली' र 'एक मे ओर एक तू' जस्ता बलिउड चलचित्र निर्देशन गरेका छन् । हिन्दू सेनाले अक्षत वर्मा बिरुद्ध धार्मिक भावनामा ठेस पर्याएको आरोप लगाएको छ । उनको व्यंगात्मक चलचित्र मामाज ब्वयले महाभारतको धज्जी उडाएको हिन्दू सेनाको ठहर छ ।