arrow

केन्द्र यासोकमा राख्न माग गर्दे स्थानियवासीले घेरे जिविस

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ भदौ २६ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । जिल्लाको प्रस्तावित कुम्मायक पालिकाको केन्द्र यासोकलाई बनाउनुपर्ने माँग गर्दै आइतबार यासोकबासीले जिल्ला विकास समिति घेराउ गरेका छन् । विभिन्न प्लेकार्ड सहित सदरमुकाम पुगेका करीब अढाइ सय यासोकबासीले जिविस घेरेका हुन् । स्थानीय निकाय पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिले आयोगलाई पठाएको पाँच स्थानीय तहको खाकामा प्रस्तावित कुम्मायक पालिकाको केन्द्र आङसराङको महेलबोटे तोकेको भन्दै यासोकबासी आन्दोलित बनेका हुन् ।
 
द्धन्दकालभन्दा अगाडि नै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास वैंक, खाद्य डिपो र दुरसञ्चार कार्यालय रहेको जिल्लाकै सबैभन्दा जेठो बजार यासोकलाई नै पालिकाको केन्द्र बनाउँनुपर्ने यासोकबासीको माग छ । ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण, सडक सञ्जालको सहजता साथै क्याम्पस, इलाका प्रहरी चौकी, स्वास्थ्य चौकि, कृषि तथा पशु सेवा केन्द्र र रेञ्ज पोष्ट समेत रहेकाले पालिकाको केन्द्र यासोक नै हुनुपर्ने उनीहरुको दावि छ ।
 
संघर्ष समितिका संयोजक देवेन्द्र कुमार लाओतीको नेतृत्वमा आएको टोलीले आइतबार नै निमित्त स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समिति संयोजक भानुभक्त बराल तथा जिल्लाका राजनितीक दललाई माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएको छ । आन्दोलनको पहिलो चरण सुरु भएको र आफ्नो मागलाई वेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने समेत संयोजक लाओतीले चेतावनी दिए ।
 
ज्ञापन पत्र बुझ्दै निमित्त स्थानीय विकास अधिकारी बरालले राज्य पुनर्संरचना आयोगमा पठाउने साथै मागको विषयमा जिल्लामा आवस्यक समन्वय गर्ने बताए । प्राविधिक सहयोग समिति पाँचथरले आयोगलाई २ वटा खाका पठाएको छ । जसमध्ये ७ स्थानीय तह बनाउँने खाकामा कुम्मायक पालिकाको केन्द्र यासोक नै तोकिए पनि ५ स्थानीय तह बनाउँने खाकामा भने आङसराङको मेहेलबोलाई केन्द्र तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ