arrow

विवादमा केपी ओली, सट्टेबाजका अभियोगीसँग पुगे नाइट क्लबमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
kp-oli-night-club-sattebaj.jpg

काठमाडौं । शहरका धनाढ्य युवा युवतीहरु ‘गुड फ्राइडे’ मनाउन ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) मा जाने गर्छन् । उनीहरु प्रायः क्लबमा आफ्नै तालमा झुम्मिने गरेका छन् । 

तर शुक्रबार रातिबाटै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एलओडी पुगेको चर्चाले सामाजिक सञ्जाल तातेको थियो । बिहानसम्म धेरैजसो अनलाइनहरुले समाचार पनि बनाइसकेका थिए । 

शुक्रबार राति अचानक काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) किन पुगे ? भन्ने प्रश्नको उत्तर पनि सँगै थियो त्यो हो– ओलीको भजन किर्तन गरिएको र्याप गीतको विमोचन गर्नु थियो । 

नाइट क्लबमा मदिरा पिएर डान्स गर्ने अभ्यास भए पनि ओलीले आफ्नो प्रोटोकलसमेत बिर्सेर नाइट क्लब पुगे । तर उनलाई कसले त्यहाँ लगेको हो भन्ने प्रश्न पनि सँगै आएको छ । ओलीलाई त्यहाँ पुर्याउने व्यक्ति भने विवादास्पद छविका थिए । 

ओलीलाई क्लबमा पुर्याउने एक सञ्चालकको विगत भने सट्टेबाजीको कारोबार गरेको अभियोगमा पक्राउ परी छुटेको पाइएको छ । अध्यक्ष ओलीसँगै तस्बिरमा देखिएका एलओडीका सञ्चालक भुपेन कुँवर सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् । 

पूर्व प्रधानमन्त्री ओली रातो ज्याकेटमा सजिएर एलओडी पुगेका थिए । उनीसँगै पहेँलो कोट लगाएर छेवैमा बस्ने व्यक्ति भने सट्टेबाजीमा पक्राउ परेर छुटेका थिए । क्रिकेट तथा फुटबलको अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सट्टेबाजी गरेको आरोपमा भुपेनसहित ६ जनालाई काठमाडौं प्रहरीले २०७५ साल जेठमा पक्राउ गरी मुद्दा चलाएको थियो । 

गिरोहका नाइके गौरव तिवारी र राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अञ्जन केसीसमेत पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

भुपेनसहितका अभियुक्तबाट प्रहरीले २ लाख रुपैयाँ नगद र सट्टेबाजीमा प्रयोग गरिने डिभाइसहरुसमेत बरामद गरेको थियो । उनै व्यक्ति एलओडीका सञ्चालक रहेका थिए । 

उनले नै ओलीलाई एलओडीसम्म पुर्याएका थिए । कुँवर लगायतले उनीहरुले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ देखि युरोपियन फुटबल लिगहरुमासमेत करोडौंको बेटिङ गराउँदै आएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ