arrow

७७ सय करोडका मालिक मेस्सीसँग के छैन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
messi.jpg

काठमाडौं । विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये एक हुन् लियोनल मेस्सी   । मेस्सीको हालको कुल सम्पत्ति करिब ७ हजार ७०० करोड रुपैयाँ छ । फोर्ब्सका अनुसार मेस्सीले गत वर्ष १३ करोड डलर अर्थात् करिब १६ अर्ब नेपाली रुपैयाँ कमाएका थिए । मेस्सीले फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड सात पटक जितेका छन् ।

बार्सिलोना क्लबबाट खेलिसकेका मेस्सीको बार्सिलोनामा नै आलिशान बङ्गला छ । यो बङ्गला समुन्द्रको छेउमा छ र यसको लागत करिब ८३० करोड रुपैयाँ छ । 

मेस्सीसँग निजी जेट पनि छ । केही रिपोर्टमा मेस्सीको जेटको मूल्य करिब १६० करोड भारु रहेको बताइएको छ । निजी जेटको पुच्छरमा मेस्सीको जर्सी नम्बर १० पनि लेखिएको छ । यसमा एउटा भान्छा, दुई स्नान गृह र १६ जना बस्ने ठाउँ छ।

मेस्सीसँग मन पर्ने मासेराटी कार छ । कारको हालको मूल्य लगभग ४ करोड नेपाली रुपैयाँ छ। यसबाहेक मेस्सीसँग पगानी जोन्डा, फेरारी एफ४३ स्पाइडर, रेन्ज रोभर र अडी जस्ता लक्जरी ब्रान्डका कारहरू छन्।

अर्जेन्टिनाले मेस्सीको कप्तानीमा कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ ।  यस पटक मेस्सी चोटबाट ग्रसित छन् ।  दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यस पटक समेत उपाधि दावे दारी प्रस्तुत गरेका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ