arrow

अब पार्टीमा गुटबन्दी छैन : ओली

भिजन, मिसन, नीति, कार्यक्रम योजना हुने सरकारमा जानुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नरहेको बताएका छन् । सोमवार चितवनबाट उनले भने, “अब पार्टीमा गुटबन्दी छैन । पार्टी एक ढिक्का छ । यो सत्य र तथ्यलाई मनन गरेर अघि बढ्नुस् ।” 

देशमा लोकतन्त्र, विकास, सुशासनको मार्गमा अगाडि बढ्न जो सहमत हुन्छ उसँग एमाले सहमत हुने र सहकार्य गर्ने उनले बताए । यसैअनुरूप पार्टी भन्दा बाहिरका उम्मेदवारलाई सहयोग गरिएको उनले बताए । नेकपा एमालेको सरकार एमालेका लागि नभई आम जनताको खुसीका लागि भएको उनले बताए । 

 उनले स्थिर सरकारका लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताए। उनले भने, “एमाले आउँदो सरकारमा जानै पर्छ, चुनावमा बहुमत ल्याउनै पर्छ ।” देशलाई विभिन्न स्वार्थ समूहहरूले घेराबन्दीमा राखेको भन्दै उनले लोकतान्त्रिक गठबन्धनका नेताहरूको कडा आलोचना गरे । देशका दुर्गम भूभागमा पुगेपछि आँफुलाई ऊर्जा मिलेको भन्दै उनले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको पक्षमा एमाले अघि बढ्ने बताए । 

जहाँ नेपाली त्यहाँ एमाले भन्दै उनले भने, “जो सँग भिजन, मिसन, नीति, कार्यक्रम योजना छ, त्यो सरकारमा जानुपर्छ”, जनतालाई कसरी सुखी र खुसी बनाउने, देशलाई सम्बद्ध कसरी बनाउने त्यो ठाउँमा कसरी पुग्ने भन्ने एमालेको उद्देश्य रहेको भन्दै उनले थपे, “जोसँग नीति छ त्यसले स्थिर सरकार बनाउँदै नीति कार्यान्वयन गर्न समय पाउनुपर्छ ।” 

सामाजिक न्याय र समानता सहितको संवृद्धि नै समाजवाद भएको भन्दै उनले त्यसको प्राप्तिका निम्ति एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए । नेता कार्यकर्तालाई जनता बीचमा पुगेर आफ्ना नीति र कार्यक्रमको बारेमा जानकारी गराउन उनले निर्देशन दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ