arrow

देउवाको दाबी- गठबन्धन अझै १५ वर्षसम्म रहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
sher-bahadur-deuba-new-111.jpg

काठमाडौं ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने दाबी गरेका छन्  ।

सुर्खेतमा चुनावी सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । 

“ओलीजीले दुई पटक संसद् विघटन गरे । संविधानको अङ्ग भङ्ग गर्ने काम गरे, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ” उनले भने, “माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।” प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औँल्याए ।

सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँ युगको सुरुआत हुने बताए । उनले भने, “यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।” देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ