arrow

चिकित्सक संघमा पहिलो पटक एक पदाधिकारी प्रगतिशीललाई, अध्यक्षमा मुक्तिराम र महासचिवमा लोचन

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
muktiram-shrestha.jpeg
काठमाडौं । डा. मुक्तिराम श्रेष्ठ नेपाल चिकित्सक संघको २७ औं अध्यक्ष बन्न सफल भएका छन् । संघको २७ औं महाधिवेशनले प्रजातान्त्रिक धारका श्रेष्ठलाई विजयी गराएको हो । डा. श्रेष्ठ यसअघि डा. अञ्जनीकुमार झा नेतृत्वको टिमका महासचिव थिए । यसपटकको चुनावमा पहिलो पटक प्रगतिशील समूह चिकित्सक संघमा पदाधिकारीका रुपमा छिर्न पाएको छ । कोषाध्यक्षकी उम्मेदवार शिक्षण अस्पतालकी डा. रक्षा श्रेष्ठले जित हासिल गर्दै एनएमएको इतिहासमा पहिलो पटक कुनै कम्युनिष्टको स्थायित्व कायम गराएकी हुन् । उनी एमाले निकट चिकित्सक हुन् । 
 
१३ सदस्यीय एनएमए को कार्यसमितिमा महासचिवमा युवा चिकित्सक वीर अस्पतालमा असिस्टेन्ट प्रोफेसर लोचन कार्कीले फराकिलो मत हासिल गरे । 
 
एनएमएका प्रशासकीय अधिकृत मिलनचन्द्र खनालका अनुसार शनिबार सम्पन्न भएको निर्वाचनमा २८६९ मत खसेको थियो  । काठमाडौं उपत्यकामा १४७५ र उपत्यका बाहिरका १५ शाखाबाट १३९४ मत खसेको हो। संघमा ५३०५ सदस्य रहेपनि २८६९ मात्र मत खसेको हो । संघको सोमबार बिहान सकिएको मतगणनामा कसले कति मत ल्याए त ? 
 
अध्यक्ष
 
डा मुक्तिराज श्रेष्ठ १६५२ (विजयी)
डा रमेश ढकाल ११३२
 
वरिष्ठ उपाध्यक्ष
 
डा ढुण्डिराज पौडेल १६१७ (विजयी)
डा सन्तोष पौडेल ११०७
 
उपाध्यक्ष
 
डा मुकुन्द दाहाल १५०९ (विजयी)
डा शिबेन्द्र झा ११५१
 
महासचिव
 
डा लोचन कार्की १३०० (विजयी)
डा अजयकुमार मिश्र ७१८
डा पुष्पमणि खराल ७१२
 
कोषाध्यक्ष
 
डा रक्षा श्रेष्ठ १४३९ (विजयी)
 
डा रश्मिप्रसाद यादव १२३९
 
 
सहसचिव
 
डा अभिमन्यू झा १४५८ (विजयी)
डा शैलेशमणी पोखरेल १२४०
 
सहकोषाध्यक्ष
 
डा प्रकाश बुढाथोकी –१३७४ (विजयी)
डा समिर शर्मा –१२५५
 
सदस्य
 
डा सञ्जीव तिवारी १५६६ (विजयी)
 
डा शैलेश प्रधान १४४० (विजयी)
 
डा अनिलविक्रम कार्की १५३१ (विजयी)
 
डा कृष्ण पौडेल १४७६ (विजयी)
 
डा विश्वराज दवाडी १५८८ (विजयी)
 
डा बद्री रिजाल १४८२ (विजयी)
 
 
डा सुजया  गुप्ता १२०१
 
 
डा अशोक श्रीपाइली ७५१
 
डा महेश महासेठ ९४२
 
 
डा अमल बस्नेत ११८१
 
 
डा यज्ञराज सिग्देल ९७२
 
डा अवदेशकुमार साह १०२६
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ