काठमाडौं। रोयल फुटवेयरले एक कार्यक्रम आयोजित गरी उपभोक्ताका लागि दशैँ तिहार उपहार योजना सार्वजनिक गरेको छ। सोही अवसरमा अधिकृत विक्रेता भेटघाट पनि सम्पन्न गरेको छ।
कम्पनीले उपभोक्ताका लागि ‘दशैँ तिहारको बहार जुत्ता किन्दा चप्पल उपहार’ स्किम सार्वजनिक गरेको हो। साथै, दशैँ तिहार लक्षित गर्दै कम्पनीले १ सय भन्दा बढी आकर्षक डिजाइनमा नयाँ जुत्ताका मोडलपनि सार्वजनिक गरेको छ।
कम्पनीद्वारा सार्वजनिक उपहार योजना अन्तर्गत उपभोक्ताले रोयल शुको कुनै १ जोर जुत्ता खरिद गर्दा १ जोर रोयल चप्पल उपहार स्वरुप प्राप्त गर्नेछन्। कम्पनीले पछिल्लो संस्करणको स्क्र्याच कार्ड योजनालाई पनि निरन्तर्ता दिएको छ। स्क्रयाच कार्ड मार्फत उपभोक्ताले एक सय देखि एक लाखसम्मको नगद उपहार जित्न सक्ने जानकारी दिइएको छ। साथै, उपभोक्ताले ५ प्रतिशत देखि सय प्रतिशत सम्मको छुट समेत प्राप्त गर्न सक्नेछन्।