arrow

क्यान कमटेक मेला एक लाख बढीको अवलोकन

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
can-com-tech.jpeg
काडमाडौं।भदौं २३ गतेदेखि राजधानीको भृकुटीमण्डबमा सुरु भएको ‘सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ प्रदर्शनी आइतबार भब्यताका साथ सम्पन्न भएको छ। मेलाको उद्घाटन सुचना तथा संचार मन्त्री राम कार्कीले गरेका थिए।
 
सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्धेयका साथ ४ दिन चलेको मेलामा १ लाख ७० हजार ७ सय ७६ जनाले अवलोकन गरेको क्यान महासंघले विज्ञप्ती मार्फत जानकारी दिएको छ। आयोजक क्यानले मेलामा १ लाख ५० हजार जनाले अवलोकन गर्ने प्रारम्भिक अनुमान गरेपनि अन्तिम दिनसम्म सो संख्या नाघेको हो। 
 
कम्युनिकेशन टेक्नोलोजीलाई विशेष प्राथमिकतामा राखेर आयोजित मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सयवटा स्टल रहेका थिए ।
 
कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधिहरु भित्रिएका छन् । ईन्टरनेट प्रदायक कम्पनीहरुले कमटेकमार्फत नेपाली बजारमा आइपी टिभीहरु सार्वजनिक गरेका छन् भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एन्टिभाइरस र र ईन्टरनेट सेक्युरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइन्ट, क्यामेरा, पीबीएक्स सिष्टम, वायरलेस हाइ पावर युएसवी, एडप्टर तथा राउटर, युपिएस, जीपीएस भेहिकल ट्रयाकिङ सिष्टम, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लगायतका नयाँ-नयाँ भर्सनहरु नेपाली बजारमा प्रवेश गरेका छन् । यी उत्पादनहरु कमटेक मेलामा विशेष सहुलियतमा उपलब्ध गराइएको थियो।
 
क्यान कमटेकको यस संस्करणको सुबिसु केबलनेट प्रालिले शिर्ष प्रायोजन गरेको थियो भने एशोसिएट स्पोन्सरका रुपमा सामसुङ रहेको थियो । त्यस्तै प्लाटिनम स्पोन्सर वेभसर्फर, डायमण्ड स्पोन्सर नेपाल टेलिकम, गोल्ड स्पोन्सर जेटटिई स्मार्ट फोन रहेको थियो । त्यस्तै सिल्भर स्पोन्सरहरुमा नेटिस र स्टार अफिस ईनटरनेशनल रहेको थियो भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एसएमएस रहेको थियो । 
 
कमटेकको यस संस्करणको लागि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणिकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपला चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ‘एएसओसीआइओ’ र ‘डब्लुआइटीए’ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग पुर्याएको थिए । 
 
कमटेकमा सहभागी कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई राहात दिलाएको भन्दै कम्पनीहरुले ल्याएको प्रविधिहरुको नयाँ-नयाँ संस्करणले नेपालमा प्रविधि क्षेत्रको विकास, विस्ता र प्रवर्द्धमा टेवा पुर्याउने क्यान महासंघको विश्वास छ । मेलाका अवलोकनकर्ताहरुबाट आएको विभिन्न सल्लाह, सुझाव र प्रतिक्रियाहरुले अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्ने हौसला र उर्जा मिलेको महासंघले जनाएको छ।  
 
मकवानपुर र कैलालीमा क्यान इन्फोटेक हुँदै
राजधानीमा कमटेक मेला पछि क्यानले अब मकवानपुर र कैलालीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने विज्ञप्तीमार्फत जानकारी दिएको छ। ग्रामीणस्तरमा सूचना प्रविधिको विकास र विस्तारको लागि क्यानले यी दुई जिल्लामा मेला आयोजना गर्न लागेको हो। मकवारपुरमा असोज १० गतेदेखि १९ गतेसम्म र कैलालीमा असोज १४ गतेदेखि १८ गतेसम्म क्यान इन्फोटेक मेला २०१६ आयोजना हुनेभएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ