arrow

डा सुनील शर्माले कलाकार श्याम गिरीका नौ महिने छोराको गरे निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
dr-sunil-sharma-2079-08-01.jpg

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका लागि संयुक्त उम्मेदवार नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मोरङको उर्लाबारी निवासी कलाकार तथा प्राविधिक श्याम गिरीका नौ महिनाका छोराको निःशुल्क उपचार गरिदिने भएका छन् । 

डेंगी र निमोनिया पीडित शुभम गिरीलाई डा. शर्माको सहयोगमा नोबेल अस्पताल विराटनगरमा शतप्रतिशत उपचार छुट गरिएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आह्वानमा उक्त छुट भएको हो । 

बालकको उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा खर्च अभावले बिरामीको परिवार आर्थिक सहयोगको अपेक्षामा थियो । 

बिरामीको अवस्था सिकिस्त भएपछि केही कलाकारहरुले आर्थिक सहयोगसमेत जुटाइरहेको अवस्थामा नोबेल अस्पतालले उपचारको सम्पूर्ण जिम्मा लिएको हो ।

बिरामीका बुवाले सामाजिक संजालमा सहयोगको अपील गरेको देखेपछि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले सहयोगको लागि तुरुन्त पत्र लेखी डा. सुनील शर्माको सचिवालयमा निःशुल्क सहयोगको लागि अपील गरेका थिए । 

उक्त जानकारी पाउना साथ नौ महिने नाबालक शुभमलाई निःशुल्क उपचारको लागि डा. शर्माले व्यवस्था गरेको बिरामीका बुवा श्याम गिरीले जानकारी गराए । 

गिरीका अनुसार बुधबार नोबेल अस्पतालका जनरल मेनेजर रुद्रप्रसाद शर्माले भेटेर निःशुल्क उपचारको बारेमा जानकारी गराइएको थियो । शर्माले आफ्नो क्षेत्र भन्दा बाहिरको बिरामी भए पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाको भावले सहयोग गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ