एजेन्सी । कपिल शर्माले शुक्रबार गरेको एक ट्वीटले उनी समस्यामा परेका छन् । उनले बिएमसिले घुस मागेको सम्बन्धि ट्विट गरेका थिए । सोहि बिषयलाई लिएर मुम्बईको वर्सोवा प्रहरी चौकिमा मनसे कार्यकर्ताले उनि बिरुद्ध पुन अर्को उजुरी दर्ता गराएका छन् ।
मनसे प्रवक्ता तथा बिएमसि स्टेडिंग कमिटीका सदस्य सन्दीप देशपाण्डेले वर्सोवा प्रहरी चोकीमा अवैध घर निर्माण मामिलामा उजुरी दर्ता गराएका हुन् । देश पाण्डेयले भने,' म्हइा नगरमा जति पनि अवैध बंगला तथा घरलाई अफिस बनाइएको छ , हामि सबै माथि कार्वाहिको माग गर्छौ । बिएमसिले प्रहरी प्रमुखलाई भेट्नेछ । संसदमा पनि यस कुरा उठाउनेछौ ।'
शुक्रबार कपिल शर्माले एक ट्वीट गरेका थिए । जस पश्चात उनलाई माफि माग्न दबाब दिइएको थियो । यदि उनले माफि नमागे उनको कार्यक्रम चल्न नदिने मनसे कार्यकर्ताले धम्कि दिएका थिए।
शुक्रबार राति कपिलको घर शांतिवन बिल्डिंगमा मनसे कार्यकर्ताहरुले नाराबजी गरेका थिए । स्थितिलाई मध्यजनर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
कपिल शर्मा बिरुद्ध आरटीआई अभियान्ता असद पटेलले पहिलेनै मुम्बईको वर्सोवा प्रहरी चौकीमा उजुरी दिएका छन् । पटेलले उजुरीमा पर्यावरण नोकसान पुर्याएको र अवैध कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।