मकवानपुरमा शान्तिपूर्ण निर्वाचन, मतपेटिका संकलन हुँदै
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर ४ आइतबार
1.2k
Shares
हेटौंडा । मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका ढुवानी कार्य शुरु गरिएको छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा जिल्लाका विभिन्न मतदान स्थलबाट मतपेटिका ओसार्न शुरु गरिएको छ ।