उपत्यकासहित देशैभर मतगणना शुरु, घन्टीको आक्रामक शुरुआत
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
2k
Shares
काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ। देशभरिका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ । साथै सोमबार बिहानैबाटै केही ठाउँमा मत गणना शुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना शुरू गर्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यकाभित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना शुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि शुरू हुँदैछ ।
कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ ।