arrow

प्रधानन्त्रीले मन्त्री र सचिवहरुलाई घुर्क्याए–‘राष्ट्रिय गौरवका आयोजनाको आफै अनुगमन गर्छु’

पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कार दुवै हुनु पर्दछ

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
pm-ko-ghurki.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री र सचिवहरुलाईघुर्क्याउँदै राष्ट्रिय गौरवका आयोजनाहरुको आफै अनुगमन गर्ने बताएका छन् । 
 
सोमबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले यसो भनेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर म आफैं अनुगमन गर्छु । सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस् ।’
 
बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए । 
 
प्रधानमन्त्रीले थपे, ‘एकातिर विकास आयोजनाहरुमा रकमको अभाव हुने र अर्कोतिर पूँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ । यस वर्ष पूँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पु¥याउनुपर्छ । त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरबाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ ।’
 
विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले भने, ‘विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ ।
 
त्यसका लागि माननीय मन्त्री र सचिवज्यूहरुले आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला ।’ प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजनाहरु छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । 
 
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा एवं प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो विवरण र सुझावहरु पेश गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ