arrow

कपिलवस्तुमा तरुण दलको क्षेत्रीय अधिवेशन सकियो, जिल्ला अधिवेशन ३० गते

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७३ भदौ २७ सोमबार
tarun-dal.jpg.jpeg
कपिलवस्तु । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल कपिलवस्तुको ५ वटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिएको छ । क्षेत्र नम्बर १ र ५ मा निर्वाचन तथा २, ३ र ४ मा सर्वसहमतिको आधारमा नेतृत्व चयन भएको छ । 
 
क्षेत्र नम्बर १ को सभापतिमा तिलक थापा निर्वाचित भएका छन  । थापाले ५६  मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी कृष्ण चौधरीले ५१  मत पाए । 
 
थापाले ५ मतले पछि पार्दै जित हात पारेका हुन् । क्षेत्र नम्बर २ मा शुनील पाण्डे्य निविरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा राजेश उपाध्याय निर्वाचित भए । 
 
अन्य उमेद्वारले उमेद्वारी दिएपनि पार्टीका नेताहरुको सहमतिमा राजेश उपाध्यायलाई क्षेत्रीय सभापति बनाइएको हो । त्यस्तै क्षेत्र नम्बर ४ मा सर्वसहमतिमा चोपलाल पौडेल निर्वाचित भए । 
 
क्षेत्र नम्बर ५ मा सेराज अहद खाँ सभापतिमा निर्वाचित भएका छन् । खाँले ५५  मत पाई विजयी भए । उनका प्रतिस्पर्धी विष्णु  पोखे्रलले १७  मत पाएका थिए  पोख्रेलललाई  ३८ मतको अन्तर पार्दै खाँ विजयी भए । 
 
जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण रुपमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको नेपाली कांगे्रस कपिलवस्तुले जनाएको छ । 
 
त्यस्तै, नेपाल तरुण दल केन्द्रीय महाधिवेशन प्रतिनिधीमा क्षेत्र नम्बर १ बाट बिनोद गुरुङ,  २ बाट कलमेश शुक्ला, ३ बाट विश्वराज रेग्मी, ४ बाट विन बहादुर बन्जाडे चयन भएका छन् । 
 
जिल्ला अधिवेशन भने यही भाद्र ३० गते हुने तय भएको छ । तौलिहवा तरुण  दल र नेपाली कांगे्रस तथा निर्वाचन समिति बसेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जस अन्र्तरगत भाद्र २९ गते उमेद्वारी दर्ता, दावी विरोध र उमेद्वारको नामावली प्रकाशन, ३० गते १० बजे पार्टी कार्यालयमा मतदान हुने तालिका रहेको नेपाली कांगे्रसका जिल्ला सदस्य ललित गुरुङले जानकारी दिए । 
 
तरुण दलका केन्द्रीय सदस्य लोकेन्द्रध्वज खाँण को अध्यक्षतामा बैठक बसेर निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको हो । 
 
३० गते हुने जिल्ला अधिवेशनको लागि जगदिश पाण्डेय, नन्दराज राना, शक्ति सिंह ठकुरी, अनिल घिमिरे लगायतले उम्मेद्वारी दिने भएका छन् । नेताहरुले सर्वसहमतिको प्रयास गरेपनि २ वा ३ जनाको निर्वाचनमा मतदान हुने निश्चितप्राय छ । उमेद्वारी दिने नेताहरु अहिले जिल्लामा मतदाताका घर–घरमा गएर मत मागिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ