arrow

राष्ट्रिय सभागृहमा नेपाली महिलाको भूमिकाबारे गहन छलफल

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
congress-woman.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको बुधबारदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदै गर्दा त्यसलाई आधार बनाएर मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा नेपाली महिलाको भूमिकाबारे गहन छलफल हुँदैछ ।
 
‘बीपी कोइराला, महिला सशक्तिकरण र परिवर्तित सन्दर्भमा नेपाली महिलाको भूमिका’ विषयक छलफल कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रमुख अतिथिका रुपमा हुनेछन् । 
 
दिउँसो १ बजे हुँदै गरेको कार्यक्रममा केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल, सांसद अशोक कोइराला, पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान लगायतले आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ । 
 
यो विचार गोष्ठीको माध्यमले नै बुधबारदेखि सुरु हुने महिला संघको महाधिवेशनमा नयाँ तरङ्ग सिर्जना हुने दावीसमेत आयोजकले गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ