arrow

कास्की-२ : स्वतन्त्र पार्टीका माधवको अग्रता कायमै, पच्छ्याउँदै एमालेकी विद्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
kaski-2-rsp-uml-ncp.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले अग्रता कायमै राखेका छन् ।

उनले शुरुदेखि नै अग्रता लिइरहेका छन् । जारी मतगणनामा उनले २४ सय ३१ मत प्राप्त गरेका छन् । 

उनलाई निवर्तमान सांसद एवं एमालेकी उम्मेदवार विद्या भट्टराईले २२ सय ५७ मतका साथ पच्छ्याइरहेकी छन् ।

यस क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले १४ सय ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुवर्णराज पन्तले १ हजार ८३ मतका साथ अघि बढिरहेका छन् ।

पूर्वमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसमेत रहेको कास्की-२ मा स्वतन्त्रसहित १३ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ