कास्की-२ : स्वतन्त्र पार्टीका माधवको अग्रता कायमै, पच्छ्याउँदै एमालेकी विद्या
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
754
Shares
पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले अग्रता कायमै राखेका छन् ।
उनले शुरुदेखि नै अग्रता लिइरहेका छन् । जारी मतगणनामा उनले २४ सय ३१ मत प्राप्त गरेका छन् ।
उनलाई निवर्तमान सांसद एवं एमालेकी उम्मेदवार विद्या भट्टराईले २२ सय ५७ मतका साथ पच्छ्याइरहेकी छन् ।
यस क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले १४ सय ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुवर्णराज पन्तले १ हजार ८३ मतका साथ अघि बढिरहेका छन् ।
पूर्वमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसमेत रहेको कास्की-२ मा स्वतन्त्रसहित १३ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् ।