रवि लामिछाने मतान्तर बढाउँदै, साढे १३ हजार मत गन्दा कसलाई कति ?
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
958
Shares
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । पहिलो दिन तेस्रो स्थानमा रहेका रविले दोस्रो दिनको गणनामा आफूलाई अगाडि बढाएका हुन् ।
१३ हजार ५०० मत गन्दा रवि ४३६ मतले अगाडि छन् । उनले ४ हजार ४१४ मत पाएका छन् ।
नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ९७८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार एवं मन्त्री उमेश श्रेष्ठ ३ हजार ५६० मतसहित तेस्रो स्थानमा छन् ।