१३ हजार बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
722
Shares
काठमाडौं । सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् ।
अध्यक्ष सीकेले सुरुदेखि नै जसपाका अध्यक्ष यादवलाई दोब्बर मतले पछि पार्दै अग्रतालाई कायमै राखेका छन् ।
हालसम्मको मत परिणामअनुसार राउतले २६ हजार ७८५ मत प्राप्त गरेका छन् । । जसपा अध्यक्ष यादवले १३ हजार ९४ मत प्राप्त गरेका छन् ।
यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार ६०० मत प्राप्त गरेका छन् । यहाँ कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो ।