arrow

बर्दघाटमा खुकुरी प्रहारबाट पुरुषको हत्या, महिला गम्भीर 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ मंसिर ७ बुधबार
killed-nawalparasi-bardaghat.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं ४ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ भने एक जना महिला गम्भीर घाइते भएकी छिन् । 

बर्दघाट नगपालिका वडा नम्बर ४ स्थित हाटबजार नजिकैको एक घरमा अपरिचित ब्यक्तिको खुकुरी प्रहारबाट ४६ बर्षिय पुरुषको मृत्यु भएको छ भने अन्दाजी ४७ वर्षीया महिला घाइते भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले घाइते महिलालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा पठाइएको जानकारी दिए ।

घटनास्थलमा प्रहरीले अनुसन्धानको कार्य शुरु गरिसकेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पश्चिमको टोली आएर आवश्यक कार्य अगाडि बढाएको छ । 

हत्या कसले र किन गरेको भन्ने विषयमा केही खुलेको छैन । घटना स्थलमा हत्याका लागि प्रयोग गरिएको एक थान खुकुरी र एक पर्स फेला परेको छ । पर्समा मृतकको नागरिकता सँगै नौमती बाजामा बजाउने सनाईसमेत भेटिएको छ । 

नागरिकतामा दिलिप कुमार पुन नाम उल्लेख गरिएको छ भने ठेगाना जिल्ला बाग्लुङ जलजला उल्लेख गरिएको छ । प्रहरीले अनुसनधानका लागि कुकुर सहितको टोली खटाएको छ । 

हत्यामा संलग्न भएको व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ