दुई पटक सुनसरी ३ जितेका गच्छदार तेस्रोमा, भगवतीले लिड गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1k
Shares
काठमाडौं । सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन् । सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदार १७३२ मतसहित तेस्रो स्थानमा छन्।
गच्छदार भन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले रहेको छ ।
एमालेकी उम्मेदवार भगवती चौधरीले लिड गरिरहेकी छिन् । हाल सम्म एमालेकी चौधरीले २ हजार ७११ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली २ हजार ३६७ मतसहित दोस्रोमा छन्।
गच्छदार भन्दा तल राप्रपाका कुलदीप चौधरी छन् उनको ३७१ मत रहेको छ । यसअघि यो निर्वाचन क्षेत्रबाट गच्छदार दुई पटक विजयी भएका थिए ।