काठमाडौं ४ को प्रदेशसभा क मा कांग्रेस र ख मा एमाले विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1.1k
Shares
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा क को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले सात हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।
यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश ख को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।