arrow

१ सय २० लिटर अवैध मदिरा नष्ट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ २८ मंगलबार
abaidyamadira.jpeg
स्याङ्जा ।  चाडपर्व नजिकिदै गर्दा स्याङ्जा प्रहरीले शान्ति सुरक्षालाई मजबुद बनाउने अभियानको थालनी गरेको छ । अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न लागुऔषध र घरेलु मदिरा ओसार पसार र बिक्रि गर्न प्रतिवन्ध लगाएको हो । अपराधीक क्रियाकलापका घट्ना लागुऔषध र घरेलु मदिराका कारण भएको प्रहरीले अनुमान लगाएपछि यस्ता बस्तुहरुलाई रोक लगाउने अभियान थालनी गरेको छ ।
 
 सोमवार प्रहरीले सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा १ सय २० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पत्रकार सम्मेलन गरी वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको घरेलु मदिरा नष्ट गरेको हो ।शान्तिसुरक्षालाई मजवुद बनाउन प्रहरीले गस्ति र चेकजाँचलाई तिब्र बनाएको छ । चेकजाँचको क्रममा वालिङ बजारमा बिक्रिका लागि ल्याइएको घरेलु मदिरा बाटोमा छाडेर भागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 
 मदिरा कुन ठाँउबाट र कसले ल्याएको हो भन्ने खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले बताए । यो सुरुवात मात्रै हो प्रहरी निरिक्षक बरालले भने,“अव उत्पादन हुने ठाँउको खोजीमा हामी लागिसकेका छौ त्यसैले त्यस्ता ठाँउको पहिचान गरी घरेलु मदिरा उत्पादनलाई निर्मुल पार्छौ ।”चाडवाडका बेला हुन सक्ने अपराधीक गतिविधिलाई रोक्न यो कार्यको निरन्तरता हुने छ प्रहरी निरिक्षक बरालले थपे ।
 
प्रहरीले गाँउघरमा पालि राखेको गाजा नष्ट गर्ने गृहकार्य सगै घरेलु मदिरा उत्पादन र बिक्रिका लागि रोक लगाउन थालेको हो । प्रहरीले अहिले सम्म स्याङ्जाका विभिन्न भागमा करि ९ हजार गाँजाको वोट नष्ट गरेको जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ