काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका एवं वरिष्ठ उपाध्यक्ष भवानी राणा प्रधानमन्त्रीको भ्रमणदलमा भारतजाने भएपछि टीकापुरमा भने निराशा छाएको छ । टीकापुर उद्योग वाणिज्य संघको भदौ ३० गतेदेखि हुने चुनावी साधारणसभालाई सम्बोधन गर्न आग्रह गरिएको भएपनि अध्यक्ष मुरारका र वरिष्ठ उपाध्यक्ष राणाले संघको साधारणसभालाई भन्दा प्रधानमन्त्रीसँगको भ्रमणलाई प्राथमिकता दिएको भन्दै संघका पदाधिकारीहरू निराश बनेका हुन् ।
अध्यक्ष मुरारका र वरिष्ठ उपाध्यक्ष राणासहित महासंघको तर्फबाट भारत जाने व्यवसायीहरूको नामावली सार्वजनिक भईसकेको छ । तर, यस विषयमा मंगलबार साँझसम्म जानकारी गराउने भनेर महासंघका अध्यक्षले जानकारी दिएको संघका अध्यक्ष आनन्द हमालले जानकारी दिए ।
‘उद्योगीहरूको कार्यक्रममा महासंघबाहेक सकभर अन्य अतिथि नबोलाउने हाम्रो लक्ष्य हो’ हमालले हाम्राकुरासँग भने ‘महासंघको प्रतिनिधि पाईएन भने प्रमुख अतिथिको खाँचो नै त छैन ।’
३० गते हुने निर्वाचनको अध्यक्षका लागि अहिले दुई उम्मेदवारहरू चुनावी मैदानमा उत्रने तयारीमा छन् । यस अघि ७ जनासम्मको आकांक्षा रहेको भएपनि अहिले अन्यले फिर्ता लिने मनसाय बनाएको बताईएको छ । अहिले नेपाली काँग्रेकिा तर्फबाट जनक रावलले आकांक्षा देखाएका छन् भने कुनै पनि पार्टीको पक्ष नलागेका परशुराम चपाईँले आकांक्षा देखाएका छन् ।