arrow

पोखरामा ६ जना प्रजातान्त्रवादी उद्यमी व्यवसायीबीच भीडन्त

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
Pcci-Pokhara-Don-News-546x300.jpeg
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि ६ जना उद्योमी व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो ३१ गते उद्घाटन भई असोज १ गते निर्वाचन गर्ने तयारी गरिरहेको पोखरा उद्योग वाणिज्य संघले को उम्मेदवारी फिर्ता लिने मिति सकिँदासम्म ६ जना उद्योगिको उम्मेदवारी दर्ता भएको उद्योग वाणिज्य संघ पोखराले जानकारी दिएको छ । चुनावी साधारणसभाको लागि गत भदौ २० गते उम्मेदावारी दर्ता गरिएको थियो । 
 
अहिले अध्यक्षको लागि द्वितीय र प्रथम उपाध्यक्ष बनिसकेका देव क्षेत्रीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्द्वीका रूपमा कार्यसमिति सदस्यहरू हीरा भट्टराई, धनिराम बराल, नारायण कोईराला, विश्वशंकर पालिखे, ईश्वर कर्माचार्य रहेका छन् । बजार सर्भेक्षणका क्रममा रोलक्रममा पनि अगाडि देखिएका क्षेत्रीको सम्भावना बढी रहेको बुझिन आएको छ । 
 
अहिलेका अध्यक्ष समेत रहेका विन्दूकुमार थापाको समर्थन पनि क्षेत्री तिर नै रहेको छ । पालिखे पनि बलियो उम्मेद्वार रहेको बताइएको छ। उम्मेदवारी दिएका ६ जना नै प्रजातान्त्रिक पक्षको रहेकोले यसमा पार्टीगत गुटबन्दी भने रहेको छैन । अन्य पार्टीका सदस्यहरुले गर्ने सहयोगका आधारमा जीत हार टुङगो लाग्ने बताइएको छ। संघको ३१ गते उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ