लुम्बिनीको मुख्यमन्त्रीका दावेदार लिला गिरी निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
723
Shares
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको दाबी गरिरहेका नेकपा एमालेका उम्मेदवार लिला गिरी रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउँदै गिरी विजयी भएका हुन् ।
उनले १७ हजार ६ सय ३२ मत प्राप्त गरे । पराजित केसीले १४ हजार नौ सय ९८ मत प्राप्त गरेका छन् ।