arrow

प्रदेश राजधानी आफ्नै जिल्लामा लगेका पोखरेललाई मतदाताले हराए, होड छाड्ने पौडेल अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
bishnu-poudel-shankar-pokharel-uml.jpg
तस्बिर – फाइल ।

बुटवल । आफ्नो गृह जिल्लामा प्रदेश राजधानी लैजान विशेष भूमिका खेल्ने एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरमा पराजित गरेकी हुन् ।

शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।

बुटवलमा अस्थायी राजधानी रहेको लुम्बिनी प्रदेश राजधानी दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेष भूमिका खेलेका थिए । 

जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानीमध्ये ६ वटा यथास्थानमा कायम भएका थिए । तर लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

तर, बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि अर्थमन्त्रीको पदसँग प्रदेश राजधानी साटेको आरोप लागेका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ मा अग्रता हासिल गरेका छन् । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १४ हजार सात सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँचदलीय गठबन्धनको समर्थमा उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले १२ हजार तीन सय ३४ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ