arrow

चुनाव हारेपछि कमल थापाले यसो भने केपी ओलीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
kamal-thapa3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । 

झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । 

एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् । 

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहले चुनाव जिते । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना दोस्रो भइन् भने थापा तेस्रो स्थानमा रहे । आफू पराजित भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् । 

फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद । तर तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ