arrow

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको केपी ओलीको तर्क 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
kp-sharma-oli-2079-04-04.jpg
तस्बिर – फाइल ।

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।  

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए । 

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए । 

यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे । उनले निर्वाचनअघिसम्म एमालेले बहुमत ल्याउने दाबी गरेका थिए । 



नयाँ