arrow

चुनाव जितेपछि डा सुनील शर्माले शुरु गरे निःशुल्क क्याविन सुविधा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ११ आइतबार
dr-sunil-sharma-nobel-hospital-cabin.jpg

मोरङ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. सुनील शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको निःशुल्क क्याविन सेवा शुरु गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएपछि उनले मोरङ–३ का सर्वसाधारणको निःशुल्क उपचार गर्न ५० बेडको क्याबिन सेवा शुरु गरेका हुन् ।

चुनावी अभियानका क्रममा डा. शर्माले आफूले चुनाव जिते ५० बेडको निःशुल्क क्याविन सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार क्याबिन सेवा शुरु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।

 ‘५० बेडको क्याबिन सेवामा मोरङ ३ का बिरामीको निः शुल्क उपचार हुनेछ,’ उनले भने, ‘औषधि खर्च भने बिरामी आफैंले बेहोर्नुपर्छ ।’

डा शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए ।

यो पटक भने शर्माले ढकाललाई भारी मतान्तरले पराजित गरे । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत पाइन् ।

मोरङ–३ (१) मा कांग्रेसका मानबहादुर लिम्बू र मोरङ–३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ