arrow

अबको जी-२० मा 'वसुधैव कुटुम्बकम'

एक पृथ्वी, एक परिवार, एक भविष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
g20-modi.jpg

काठमाडौं । भारतले अर्को वर्ष १८ औँ जी-२० शिखर सम्मेलनको अध्यक्षता गर्दैछ । सम्मेलनमा भारतले जलवायु परिवर्तन, आर्थिक सङ्कट, आतंकवादविरुद्धको लडाइलगायत विभिन्न विश्वव्यापी अवरोधहरूमा ध्यान केन्द्रित गर्ने जानकारी दिएको छ । जी-२० शिखर सम्मेलन अर्को वर्ष सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुनेछ।

यस महिना नोभेम्बर १६ मा इन्डोनेसियाको बालीमा भएको जी-२० शिखर सम्मेलनको समापन समारोहमा भारतले प्रतीकात्मक रूपमा जी-२० अध्यक्षता हस्तान्तरण गरेको थियो। भारतलाई बिहीबार औपचारिक रूपमा अध्यक्षताको पद हस्तान्तरण गरिएको छ ।

भारतले जलवायु तथा विपद् प्रतिरोधात्मक पूर्वाधार निर्माण र ऋणका लागि विशेष कोष खडा गर्नेछ । युनेस्को सम्पदा क्षेत्र लगायत देशका विभिन्न भागका सय वटा स्मारकलाई एक सातासम्म जी-२० प्रतीकले उज्यालो गरी जी-२० को अध्यक्षताको महिमा झल्कनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना जी-२० को लोगो वा विषयवस्तु अनावरण गरेका थिए। जी-२० को लोगो कमलको फूल र पृथ्वी छ। अर्कोतर्फ जी-२० शिखर सम्मेलनको विषयवस्तु "एक पृथ्वी, एक परिवार, एक भविष्य" छ। जी-२० को विषयवस्तु भारतले अनुसरण गरेको मन्त्र "वसुधैव कुटुम्बकम" बाट प्रेरित छ।

जी-२० विकसित र विकासशील अर्थव्यवस्थाहरूको लागि एक फोरम हो। 

जी २० का सदस्य राष्ट्रमा भारत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, बेलायत, अमेरिका र युरोपेली सङ्घ रहेका छन् । जी-२० देशहरूले विश्वव्यापी कुल ग्राह्यस्थ उत्पादनको लगभग ८५ प्रतिशत नियन्त्रण गर्छन्। 

यस समूहका सदस्यहरूले विश्वव्यापी व्यापारको ७५ प्रतिशतभन्दा बढी नियन्त्रण पनि गर्छन्।

PM Modi Unveils Logo of India's G20 Presidency: Significance ...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ