arrow

प्रचण्ड र देउवाले आश्वासन दिएका विष्ट मुख्यमन्त्री बन्नेमा विश्वस्त

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ मंसिर १९ सोमबार
diwan-bista.jpg

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दाबेदार रहेका संविधानसभा सदस्य रहिसकेका नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टले जनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई नमुना बनाउने योजना रहेको बताएका छन् । उनी कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘२’ बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन । गाउँ केन्द्रित राजनीतिमा सक्रिय नेता विष्टले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । 

आफू निर्वाचित भइसकेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य समेत रहेका विष्टले आफू सिनियर नेता भएकाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका हुन् ।

‘म पहिले २०७० सालमा संविधान सभा सदस्य पनि भइसेको छु । मैले दुई वर्ष प्रतिनिधि सभामा सदस्य भएर पनि काम गरिसकेको छु,’ उनले भने, ‘त्यस कारण पनि यो प्रदेशमा सिनियरका हिसाबले पनि म नै हो । मैले राजनीतिक सङ्गठनमा पनि काम गरेको करिब ३२ वर्ष भइसक्यो, नेविसंघबाट काम गरेको ४५ वर्ष भइसक्यो । अब म सुढृड पनि हो । मैले मुख्यमन्त्रीमा दाबी गर्ने स्वभावै हो ।’

प्रदेशमा चुनाव लड्ने मनसाय नबनाएका विष्टले प्रचण्ड र प्रधानमन्त्रीकै आश्वासनमा चुनाव लडेको दाबी गरे ।

‘हेर्नुस् म २०७० मा चुनाव लडेर जितेको र २०७४ मा पनि सङ्घीयमा चुनाव लडेको हुँ । म प्रदेशमा चुनाव लड्दैन भनेर भन्दा खेरी हैन तपाई प्रदेश सरकारको प्रमुखकै लागि हो । तपाई चुनाव लड्नुस् र तपाई प्रदेशका लागि तयारी गर्नुस् भनेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जी र प्रधानमन्त्री शेर बहादुर जीले पनि त्यो आश्वासन दिनुभयो। त्यही आश्वासमा नै म प्रदेशमा चुनाव लडेको हुँ । त्यस कारण मलाई मुख्यमन्त्री बनाउँछन् भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

आफू मुख्यमन्त्री भएपछि अहिलेको सरकारको भन्दा पनि राम्रो काम गर्ने बताए । ‘यदि म मुख्यमन्त्री भइहाल्यो भने मैले जनतामुखी नै पहिलो निर्णय गर्नेछु । म काम गर्ने मान्छे हुँ । म काम गरेर इतिहास बनाउने मान्छे हुँ । सुदूरपश्चिममा अहिलेको सरकारले जति काम गर्‍यो । म यो पाँच वर्षमा गरेको यो सरकारको भन्दा पनि राम्रो काम गरेर देखाउने छुँ,’ उनले भने ‘मैले मुख्यमन्त्रीको शपथ खाएकै दिन मैले जनतामुखी नै निर्णय गर्नेछु । जसले यहाँका जनताले हाम्रै लागि, प्रदेशका लागि,जनताका लागि राम्रो निर्णय गर्‍यो भन्ने बनाउँछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ