arrow

राजनीतिक अवसान अघि नै नयाँ पुस्ताको आवाज सुनौँ

logo
आरके त्रिपाठी, लण्डन
प्रकाशित २०७९ मंसिर १९ सोमबार
Rk-Tripathi.jpg
आरके त्रिपाठी

राजनीति भनेको जसरी पनि पद प्राप्ति गर्नु र सत्तामा पुग्नु मात्र होइन। नेपालका राजनीतिज्ञ नेताहरूले यो कुरा गहिरो सँग मनन गरुन्। पछिल्लो निर्वाचन पछि जनतामा देखिएको पुराना दल प्रतिको वितृष्णा र नयाँ दलको उदयलाई ध्यान दिनु पर्ने हुन्छ।

दलहरुले जहाँ राम्रो वा ठिक्कको उम्मेदवार दिएका छन् त्यहाँ मतदाताले न्याय नै गरेका छन्। पुराना दलहरूको कार्यशैली आजित भएर जनता केही परिवर्तन खोजिरहेका छन्। यो मागलाई बेलैमा बुझेर नयाँ पुस्तालाई अगाडी बढ्न नलगाउने हो भने राजनीति अवसान भएका विश्वमा धेरै उदाहरणहरू छन्। 

राजनीतिक दलका नयाँ पुस्ता र जनताको आवाजलाई सुनौँ र मनन गरौँ । नत्र धेरै ढिलो भइसक्ने छ ।

मलेसियामा महाथिरले २० वर्ष शासन गरी राम्रै गरे तर ९७ वर्षमा पनि लोभले नछोड्‌दा संसदीय चुनाव हारे। उनको पार्टी पनि नराम्ररी पराजय भयो।

त्यसै गरी श्रीलङ्कामा राजापक्ष परिवारले प्रजातन्त्रको नामबाट २० वर्ष शासन गरे तर राजापक्ष परिवार पनि लखेटिए ।इजिप्टमा होस्नी मुबारकले  ४० वर्ष शासन गरे तर मुबारक पनि लखेटिए ।

रसियामा भ्याल्दामीर पुटिनले २२ वर्ष देखि शासन गरिरहेछन्  तर प्रत्येक दिन असफल भइरहेछन् र केही वर्षमा लखेटिने नै हुन्।

यस्ता उदाहरण अरू प्रशस्त दिन सकिन्छ।

प्रजातन्त्रको परिपाटीको नामबाट होस वा अन्य व्यवस्थाको नामबाट होस,देशको शासनमा लामो समय लिप्त हुँदा वा लोभ गर्दा अन्ततः असफल भई लखेटिने अवस्था सिर्जना हुन्छ। शासनमा धेरै लोभ गर्दा एक दिन लखेटिने कुरा अवश्यम्भावी छ।

संसारका धेरै राजनेता,जसले शासनमा लामो शासन नगर्दा वा लोभ नगर्दा वा लिप्त नहुँदा पुजिएका उदाहरण धेरै छन्।

नेल्सन मन्डेलाले जनप्रियताको उचाइमा पुगी एकपल्ट राष्ट्रपति भएपछि अर्को कार्यकाल चाहेनन्। यसले गर्दा उनको इज्जत विश्वव्यापी रूपमा झन् बढ्यो।यदि उनी सत्ता लिप्सामा लागेका भए यो सम्मान सधैँका लागि रहने थिएन। यही उदाहरणमा भुटानका राजा जिग्मे सिंगे वाङचुकलाई पनि लिन सकिन्छ। निरङ्कुश राजतन्त्र भएको देशमा आफू आजीवन राजा हुने सम्भावना रहे पनि उनी ५४ वर्षको उमेरमा छोरालाई गद्दी सुम्पिएर साधनामा लागे ।

महात्मा गान्धीले चाहेका भए आफैँ राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्थे । नेपालमा पनि गणेशमान सिंहले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफ्ना कठिनाइ सुनाउँदै कृष्णप्रसाद भट्टराईको नाउँ सिफारिस गरे । आज पश्चिमेली देशका धेरै नेताहरू आफ्ना दलले चुनाव हारे या आफैँले लिएको निर्णय जनताले नरुचाए सहज रूपमा सत्ता वा दलको नेताबाट अलग भएका प्रमाणहरू पाइन्छन् ।

राहुल गान्धीले आफ्नो दलले निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि दलको अध्यक्षबाट राजीनामा गरे तर उनी आज भारतीय कांग्रेस  लाई जगाउन भारत यात्रामा लागेका छन् । 

 ताइवानकी राष्ट्रपतिले आफ्ना उम्मेदवारले चुनाव हारेकाले कार्यकारी राष्ट्रपति जस्तो शक्तिशाली पदबाट राजीनामा दिने घोषणा गरिन् ।

तसर्थ यो अवस्थामा इतिहासको यो यथार्थ पुनः सबैलाई सम्झाएँ।

रामले किष्किन्धा जिते। सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे। राम मानेनन्। मित्र सुग्रीवलाई नै राजा बनाए। रामले लंका जिते। विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे। लक्ष्मणले त जोड नै गरे। तर राम मानेनन्। विभीषणलाई राजा बनाए। हिन्दुस्थानमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे। गान्धी मानेनन्। जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए।

टाढा टाढाको उदाहरण दिनु तिर लाग्दा आफ्नै देशका महान् व्यक्तित्व हाम्रा श्रद्धेय नेता गणेशमान सिंहले पनि राजा वीरेन्द्रले प्रधानमन्त्री पदको अफर गर्नु भएकोमा अस्वीकार गर्दै कृष्ण प्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य पुनर्ताजगी गराउन चाहन्छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ