arrow

एमाले–कांग्रेस गठबन्धन सरकारले रास्वपालाई माया गरेको कि झुक्किएको ? 

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा कांग्रेसको कोटाबाट रास्वपा निकटका देवेन्द्र कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उपहार दिएको पाइएको छ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य पद गठबन्धनले रास्वपालाई उपहार दिएको पाइएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा दोलखा तामाकोशी गाउँपालिका–२ का देवेन्द्र कार्की र ओखलढुंगा रूम्जाटार गाउँपालिका-७ का महेन्द्रबहादुर गुरूङलाई नियुक्त गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ता मध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको साउन १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार चार वर्षका लागि सञ्चालक समिति सदस्य चयन भएका कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव र गुरूङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् ।

कार्की नेपाली कांग्रेसको कोटाबाट सदस्यमा मनोनित भएका हुन् । तर उनी त कांग्रेस नभइ रास्वपा परेछन् । उनी रास्वपाले ‘निजामती सेवा विधेयक र सुधार’ बारे अध्ययन गर्न गठन गरेका कार्यदलका सदस्य हुन् । 

यसरी कांग्रेस कसरी झुक्कियो वा जानीजानी एमाले–कांग्रेस गठबन्धन सरकारले कार्कीलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गर्यो भन्ने प्रश्न अहिले अहम् बनेको छ । कार्की रास्वपानिकट रहेको प्रमाण उक्त पार्टीका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेको फेसबुक स्टाटसले पनि स्पष्ट पार्छ । 

२०८० साल असोज २० गते वाग्लेले आफ्नो फेसबुकमा लेखेको स्टाटस र तस्बिरले पनि कार्कीको निकटता स्पष्ट पार्छ । यदि कार्की कांग्रेस निकट हुन्थे भने कांग्रेसमा सकुन्जेलको अवसर लिएर तत्काल कुनै अवसर लिने अवस्था नदेखेपछि सभापति शेरबहादुर देउवा दम्पत्तिको अपमान गरेर रास्वपामा गएका स्वर्णिमले कार्कीको प्रशंसा गर्ने थिएनन् । 

वाग्लेले लेखेका थिए, ‘हिजो निजामती सेवा विधेयक र सुधारबारे अध्ययन गर्न ‘बालुवाटार काण्ड’ उत्खनन गर्ने शालीन पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा र ऊर्जा मार्गचित्र तयार गर्न अनुभवी इन्जिनियर श्री न्यौपाने लगायत पूर्वसचिव देवेन्द्र कार्की र डा. सरोज अधिकारीको कार्यदल बनाइएको छ । फलदायी सहकार्यका लागि शुभकामना !’

सांसद वाग्लेले त्यही स्टाटसमा ‘नीति मन्थन र कार्यदल । राजकाजको गाम्भीर्य बुझेको राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ–गाउँ पुगेर जनआवाज सुन्ने र दस्तावेज निर्माणका लागि घनिभूत नीतिगत विमर्श सुरु गरेको छ । असोज २९–३० गते विज्ञहरूसँग दुई दिने ‘नीति मन्थन’ हुँदैछ’, लेखेका थिए । 

स्रोतका अनुसार कार्कीले सदस्यता लिइसकेको नखुलेको भए पनि रास्वपाका शुभचिन्तक हुन् । पार्टी प्रवेशको चर्चा चल्दा चल्लै कांग्रेसको कोटाबाट उनी विद्दुत प्राधिकरणको सञ्चालक समिति सदस्य नै भएका छन् । 

अब कांग्रेसले के गर्छ भन्ने प्रश्न अहम् बनेको छ । जसरी स्वर्णिमको विश्वास गर्दा कांग्रेसले धोका खायो त्यसरी नै कार्कीको विश्वासमा पनि कांग्रेस परेको त हैन ? कांग्रेसभित्र यस विषयमा छलफल शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ