- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा निर्वाचन जित्न प्रधानमन्त्री शेरबहादुर देउवाले २६ लाख खर्चिएका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले निर्वाचन कार्यालय डडेल्धुरामा बुझाएको चुनावी खर्च विवरणमा यस्तो रहेको छ ।
देउवाले प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत चुनावी खर्च बुझाएका हुन्।
बुझाइएको खर्च विवरणमा चुनावमा २६ लाख १२ हजार खर्च भएको उल्लेख छ ।
जसमा प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा रहेका छन् ।
प्रधानमन्त्री देउवा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४ सय ९२ मत बढी मतले हराउँदै विजयी भएका थिए ।