बागलुङ। जिल्लाको गलकोट हटियामा रहेको एक बिद्यालयले ब्यवसायीक तरकारी खेति सुरु गरेको छ । हटियाको डाडाँखेतमा रहेको गोल्डेन प्युचर आवसिय माविका बिद्यार्थी र शिक्षक तरकारी खेतितर्फ आकर्षित बनेका छन् ।
नियमित पढाई, खेलकुदका अलवा कृषि सम्बन्धि पनि जानकारी दिने उद्देश्यका साथ विद्यालय हाता भित्रनै तरकारी खेती गर्न लागिएको प्रिन्सीपल चुडामणि शर्माले बताए । करिब ५ रोपनी क्षेत्रफलमा ब्यवसायीक रुपमानै तरकारी खेति गर्न लागेको छौ । शर्माले भने बार्षिक २४ हजार दिने गरि स्थानियको जग्गा भाडामा लिएको छौ ।
जग्गामा मौसमी तथा बेमौसमि तरकारीहरु लागाईएको छ । विशेष गरी टमाटर, बोडि, भिण्डी, करेला, काक्रा, धिरौला, लौका, साग लगायतका तरकारीहरु लगाएका छन् । उत्पादित तरकारी आफ्नै विद्यालयको होस्टेलका लागि आवश्यकता अनुसार साथै बजारमा पनि विक्रि गर्ने गरेको प्रिन्सीपलको भनाई छ ।
यसबर्ष बिद्यालयले १५ हजार आम्दानी गर्न सफल भएको छ भने करिब २० हजार बराबरको तरकारी बिद्यालयकै होस्टेलमा प्रयोग गरिएको छ । विषादीयुक्त खाद्य पदार्थबाट पर्ने असर बारे सचेत हुँदै शिक्षक र बिद्यार्थीहरु अर्गानिक खेतिका लागी आफै उत्पादनतर्फ अग्रसर बनेका हुन । विद्यार्थीले समुहगत रुपमा फुर्सदको समयमा करेशाबारीमा काम गर्दै आईरहेका छन्।
टमाटर र अन्य खेति गर्न सुरुवाति चरणमा ५० हजार खर्च भए यस बर्ष १ लाख बराबरको आम्दानी हुने शर्माको बताए । यस्ता कार्यले विद्यार्थीलाई कृषि उद्यमी बन्न सिकाउने नयाँ नयाँ कुराहरुको पनि जानकारी हुने बिद्यालयका शिक्षक दिपक खत्रीले बताए ।
स्कुलमा बिभिन्न तरकारी फलफुल रोप्दा उनीहरुलाई पढनका लागि अझै हौसला बढदै गएको क्षेत्री बताउँछन । कृषि उत्पादनका लागि परनिर्भर भएको समाजमा विद्यालय पढ्न गएका आफ्ना छोराछोरीहरुले पढाईका साथै कृषि तरकारी खेति गर्दा अभिभावकहरु निकै खुसि भएको देखिन्छ । स्कुलमा सिकेरै आफ्ना छोराछोरीले घर आगनमा फुलबारी, तरकारी खेति गर्न सघाउने गरेको अभिभावकहरु बताउँछन ।