काठमाडौं। नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन कार्तिक २७ देखि २९ सम्म पोखरामा हुने भएको छ। यहि असोज ३देखि ५ सम्म हुने भनिएको महाधिवेशन तयारी नपुगेपछि महाधिवेशन निर्देशन समितिले करिव २ महिना पछि सारेको छ।
निर्देशन समितिका संयोजक तथा रक्षामन्त्री बालकृष्ण खाँणको सरकारी निवासमा भएको वैठकले सर्वसम्मत रुपमा महाधिवेशन पछि सार्ने निर्णय गर्दै तोकिएको नयाँ मितिमा महाधिवेशन गर्न वर्तमान कार्यमसितिलाई नै निर्देशन दिएको निर्देशन समितिका सदस्य उमाकान्त चौधरीले जानकारी दिए।
चौधरीका अनुसार विवादास्पद जिल्लाहरुको विवाद असोज १५ भित्र टुङग्याउने र यसको प्रतिवेदन निर्देशन समितिलाई बुझाउनु समेत केन्द्रीय समितिलाई निर्देशन दिइएको छ। असोज १५ भित्र भइसकेको, भइरहेको र विवाद भएका सबै जिल्ला, क्षेत्र र नगरको अधिवेशनको तथ्य र नभएको जिल्लाको अवस्थाको पनि जानकारी गराउन समितिले तरुण दल केन्द्रीय समितिलाई निर्देशन दिएको छ।
समितिले तरुण दलको जिल्ला अधिवेशन कार्तिक १० भित्र गरिसक्न पनि निर्देशन समितिले सर्वसम्मत रुपमा दिएको हो।
यसअघी कार्तिक १० गते तरुण दलको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने प्रस्ताव भएपनि त्यस बेलामा महाधिवेशन लम्विए तिहारको मुख्य दिनमा महाधिवेशनस्थलमै रहनुपर्ने अवस्था आउनसक्ने भन्दै मिति तिहार तथा छठपछि सारिएको हो। लक्ष्मी पुजाको अघिल्लो दिन सकिने गरि महाधिवेशन गर्ने प्रस्ताव गरेपनि एक दिन लम्विने अवस्थामा चाडबाडमा कोहि पनि प्रतिनिधी महाधिवेशनमा नरहने सम्भावना देखाउँदै महाधिवेशन तिहार र छठ पछाडी सार्ने तयारी भएको हो। तिहारपछि लगत्तै तराई मधेशको ठूलो चाड छठ आउने भएकोले छठ पछि महाधिवेशन लैजाने तयारी भएको हो।
चौधरीले बिहिवार एक वजे वैठक बस्ने र सो वैठकले नयाँ मिति तय गर्ने बताए। अहिले ५५ जिल्लाको चुनाव भएको र २० जिल्ला बाँकी रहे्को अवस्थामा पोखरामा असोज ३देखि नै महाधिवेशन गर्न सम्भव नभएको निष्कर्षमा निर्देशक समितिका नेताहरु पुगेका थिए।