arrow

दिल्ली भ्रमण : भारतीय कम्युनिष्ट पार्टीले भूकम्प पीडितका लागि संकलन गरेको ८ करोड प्रधानमन्त्रीको हातमा

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
dahal-india-new.jpg.jpeg
काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माक्सवादीले नेपालका भूकम्प पीडितलाई आठ करोड सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटमा पार्टी महासचिव सीताराम युचुरीले भूकम्प पीडितका लागि भनेर संकलन गरेको करिब आठ करोड नेपाली रुपैयाँ हस्तान्तरण गरे । 
 
यचुरी प्रधानमन्त्रीलाई भेट्न दिल्लीस्थित नेपाली राजदूतावास पुगेका थिए ।बिहीबार मात्रै चार दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री दाहालसंगको भेटमा यचुरीले द्विपक्षीय सहयोग आदानप्रदान र आपसीहितबारे छलफल गरे ।
 
त्यसअघि नेशनलिष्ट पार्टीका महासचिव डिपी त्रिपाठीले दाहाललाई भेटेका थिए । दाहाले यो सहयोगले संसारका कम्युनिष्ट एक छन् भन्ने सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ