arrow

रोनाल्डोलाई प्रेमिकाले भनिन्- आज हामीले हारेका होइनौँ, सिकेका छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
ronaldo-crying.jpg

काठमाडौं । फिफा विश्वकप २०२२ बाट पोर्चुगल बिदा भएको छ । तर सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको अन्तिम बिदाइ र रुवाइले सबैको मन छोएको छ । रोनाल्डोको यो अन्तिम विश्वकप थियो । क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य नै विश्वकपको उपाधि उचाल्नु थियो। उनको यो उपाधि जित्ने सपना अधुरै रह्यो । अचम्म त रोनाल्डो अन्तिम दुई खेलमा सुरुआती ११ को हिस्सा नै बन्न सकेनन्।

 क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगललाई पराजित गर्दै विश्वकप जित्ने सपना तोड्यो । विश्वकपबाट बाहिरिएपछि सबै जना शोक र आक्रोशमा रहेका बेला क्रिष्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले आक्रोश पोखेकी छिन् । जर्जिनाले रिस पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसमाथि पोखिन् ।

पोर्चुगल विश्वकपबाट बाहिरिएपछि जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो प्रशिक्षक र साथीले गलत निर्णय गरे, त्यो साथी जसलाई तिमीले धेरै विश्वास र सम्मान गर्‍यौ । तिम्रो आगमन पछि खेल कसरी परिवर्तन भयो, तर त्यति बेला धेरै ढिलो भइसकेको थियो। विश्वकै उत्कृष्ट खेलाडी, सबैभन्दा खतरनाक हतियारलाई यसरी हल्का रूपमा लिइँदैन । तिमि उसको साथ उभिन सक्दैनौ जो तिम्रो योग्य छैन। आज हामी हारेका होइनौँ, तर सिकेका छौं।'

रोनाल्डोले करियरको अन्तिम विश्वकप खेलेकाले यो प्रतियोगिता जित्ने उनको सपना थियो। रोनाल्डोलाई प्रि-क्वार्टर फाइनल, क्वार्टर फाइनल खेलमा सुरुआती–११ मा समावेश नगरेपछि निकै आलोचना समेत भएको थियो ।अघिल्लो खेलमा उत्कृष्ट ह्याट्रिक गरेका युवा गोन्सालो रामोसलाई सान्टोसले क्वार्टरफाइनलमा स्थान दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा रुबेन नेभ्सको स्थानमा रोनाल्डोलाई मैदानमा उतारिएको थियो ।

धेरै कोसिस गरे पनि उनले पोर्चुगललाई सेमिफाइनलमा पुर्‍याउन सकेनन् । अन्तिम सिट्ठी बज्दा उनी मैदानमा घुँडा टेकेर बसे र टाउकोमा हात राखेका थिए । केही विपक्षी टोलीका खेलाडीहरूसँग हात मिलाए र सीधा मैदान बाहिर गए। टनल भित्र प्रवेश गरिरहँदा उनको आँखाबाट आँसु झरेको थियो । उनी अन्तिम खेलमा रुँदै बाहिरिएका छन् । 

तर, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो निर्णयलाई उचित ठहर गर्दै यो टोलीको निर्णय खेल र योजना अनुसार भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ