arrow

नेयमार पीडामा, भने - यो हारले लामो समयसम्म पोलिरहनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
brazil-cry.jpg

काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले हारले लामो समयसम्म पोलिरहने बताएका छन् । कतार विश्वकपमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि नेयमारले आफू मानसिक रूपमा विक्षिप्त हुन पुगेको बताएका छन्। नेयमारले आफ्नो खेल जीवनमा भोगेका हारहरूमा क्रोएसियासँगको हारले सबैभन्दा बढी पीडा दिएको बताएका छन्।

पाँच पटकको च्याम्पियन ब्राजिल अतिरिक्त समयको अन्त्यमा १-१ गोलको बराबरी खेलेपछि शुक्रबार क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो । अतिरिक्त समयमा नेयमारले अग्रता दिलाएका थिए तर खेलको अन्तिम मिनेटमा ब्रुनो पेटकोभिकले गोल गर्दै बराबरी गरेका थिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा नेयमारले लेखेका छन्,' यो हारले लामो समयसम्म पोलिरहनेछ। म मानसिक रूपमा विक्षिप्त छु। यो निश्चय पनि यस्तो हार हो, जसको सबैभन्दा धेरै पीडा छ। जसका कारण खेल सकिएको १० मिनेटपछि मलाई पक्षाघात जस्तै बनाएको थियो। मेरो आँसु रोकिएको थिएन ।' 

क्वाटरफाइनलमा हार लगत्तै नेयमारले ब्राजिलबाट अब फेरि खेल्ने सम्भावना कम रहेको बताएका छन् । 

यता ब्राजिलका कप्तान सिल्वाले पनि हारलाई सम्हाल्न गाह्रो भएको बताएका छन् । 'यो गाह्रो छ,' ब्राजिलका कप्तान सिल्वाले भने, 'मैले मेरो जीवनमा केही निराशाहरू भोगेको छु र जब हामीले आफ्नो उद्देश्यको रूपमा रहेको महत्त्वपूर्ण कुरा गुमायौँ भने यसले धेरै दुख दिन्छ। तर हामीले टाउको उठाएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ। अर्को विकल्प छैन।'
 



नयाँ