एजेन्सी । बलिउड अभिनेता सलमान खानको विवाहको बारेमा थुप्रै अड्कल काटिदै आएको छ । सलमान सधै बिवाहको प्रश्नलाई आलटाल गर्दै आएका छन् । सलमान यसै साता लुलिया र आफ्नो परिवारसँग नयाँ घरमा प्रवेश गर्ने छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले बांद्रामा एउटा नयाँ घर किनेका छन् । उनि चाडै उक्त घरमा सिफ्ट हुनेछन् ।
सो घरको भित्रि सजावटको काम भने सकिसकेको छैन । सो काम पुरा भएपछि सलमान घरमा शिफ्ट हुनेछन् । सलमान केहि बर्ष देखि ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । सलमान नयाँ घरमा सिफ्ट भएपनि ग्यालेक्सी अपार्टमेन्टलाई भने बेच्ने सोचमा छैनन् ।