arrow

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने – प्रचण्ड

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
prachanda.jpeg
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा दिल्लीस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ । 
 
उक्त रात्रिभोजमा भारत सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता एवम् कूटनीतिक नियोगका प्रमुखको सहभागिता थियो । 
 
सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने रहेको बताउँदै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गरेको छ भने । 
 
नेपाल–भारत सम्बन्ध राजनीतिक, ऐतिहासिक, सांस्कृतिक एवम् जनस्तरमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने – दुई देशबीचको यस्तो सम्बन्धले दुबै देशका जनताको भाग्य तथा आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने छ । 
 
उनले गत वर्षको भूकम्पमा भारत र भारतीय जनताले पु¥याएको सहयोग र सहानुभूतिप्रति आभार पनि व्यक्त गरे ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ