arrow

महिला संघ निर्वाचनः विधान फरक भएरै विवाद मिल्यो

उमा रेग्मी र मीना पाण्डेबीच टक्कर

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
deuba-sitoula-mahila-candidate.jpeg
काठमाडौं । नेपाल महिला संघमा मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएको छ । अध्यक्षकी उम्मेदवार उमा  रेग्मी र सदस्यहरु पद्मा शाह र नन्द वनबारे उजुरी परेका अवस्थामा माउ पार्टी नेपाली काँग्रेस र भगिनी संघ नेपाल महिला संघको विधान नै फरक परेपछि तीनै जना उम्मेदवार उठ्न पाउने भएका हुन् । 
 
निर्वाचन समिति संयोजक यदुनाथ खनालले हाम्राकुरालाई दिएको जानकारी अनुसार उजुरी परेपछि रातभर विधान हेर्ने, विज्ञहरुको विचार लिएर निर्णय भएको हो । 
 
महाधिवेशन प्रतिनिधिले चुनावमा उठ्न नपाउने कतै उल्लेख नभएकाले र मनोनित गरिएका सदस्यले पनि निर्वाचनमा भाग लिन पाउने विधानमा उल्लेख भए अनुसार विवाद समाधान भएको संयोजक खनालले बताए । 
 
काँग्रेसमा तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले भने चुनावमा भाग लिन पाएका थिएनन् । त्यही विधानलाई टेकेर यसपटक उमा रेग्मीसहित तीन जनालाई निर्वाचनमा भाग लिन नपाउने गरी उजुरी परेको थियो । 
 
योसंगै मतदान प्रक्रिया शुक्रबार बिहान ९.३० देखि सुरु हुने पनि खनालले बताए । 
 
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानलको अध्यक्षकी उम्मेदवार उमा  रेग्मीलाई नै विवादमा तान्दा चुनाव हुने स्थिति आएको थिएन । 
 
योसंगै उमा  रेग्मी र मीना पाण्डेबीच कडा टक्कर हुने देखिएको छ । तर संयुक्त प्यानलबाट नै उठ्दा  रेग्मीको पल्ला भारी रहेको विश्लेषण गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ