काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सधै नेपालको विकास र आर्थिक उन्नती हेर्न चाहेको बताएका छन् । हैदराबाद हाउसमा शुक्रबार प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले सो कुरा बताएका हुन् ।
मोदीले नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए । सम्मेलनका क्रममा प्रधानमन्त्री माेदीले नेपाल र भारतबीचकाे शाताब्दीअाै लामाे सम्बनधलार्इ थप बलियाे बनाउने याे छलफलले सहयाेग पुर्याउने विश्वास पनि व्यक्त गरे ।
शुक्रवार भएको भेटवार्ता पछि दाहाल र मोदी दुवैले संयुक्त पत्रकार सम्मेलनमार्फत सम्बोधन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्ताे बताएका हुन् ।